नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन « Khabarhub

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

दाङ– पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा  पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घरव्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ ।

उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् ।  

‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्’, उनले भन, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’

घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उनकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उनी एकलरूपमा बस्दै आएका छन् । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । 

नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । उनले आफू बाँच्दासमेत पढिरहने बताए । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’

उनी पढ्नमा पनि त्यति कमजोर छैनन् । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताए । अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उनले राम्रोसँग पढ्न सकेको उनको भनाइ छ ।

उनीजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । 

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए । उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताए । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ४७ बजे

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका