धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध पशुलाई खोप « Khabarhub

धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध पशुलाई खोप


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।

धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । गत साउन ३२ गतेसम्म २८ हजार नौ सय ९५ पशुमा खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ ।

केन्द्रको प्रमुख डा. सञ्जीवकुमार ठाकुरले जिल्लाका १८ वटै पालिकाका २९ हजार पाँच सय ८० पशुलाई खोप लगाएको जानकारी दिए । यसमध्ये प्रदेश सरकारबाट सात हजार नौ सय ९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको पनि उनको भनाइ छ ।

जिल्लामा २९ हजार चार सय ४६ गाई तथा गोरु र एक सय ३४ भैँसी तथा रागा लम्पी स्किनबाट सङ्क्रमित भएका थिए भने तीमध्ये छ सय ८० गाई तथा गोरु मरेका थिए । जिल्लामा सुरुमा आक्रमकरूपमा फैलिए पनि हाल रोग करिब नियन्त्रणमा आएको केन्द्रले जनाएको छ ।

लम्पी स्किनको सङ्क्रमणपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने र खुट्टा सुनिने गरेको छ । यसले गर्दा दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १० : १६ बजे

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका