सीमा क्षेत्रका बासिन्दा जंगली जनावरबाट पीडित « Khabarhub

सीमा क्षेत्रका बासिन्दा जंगली जनावरबाट पीडित


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सीमावर्ती पुनर्वास नगरपालिका-९ सीताबस्तीका बासिन्दा लामो समयदेखि जंगली जनावरबाट पीडित छन् । भारतीय दूधुवा नेशनल पार्कबाट आउने जंगली जनावरले स्थानीयले खेतबारीको बाली नोक्सान गर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । 

जंगली हात्ती, बँदेल र बाँदरले खेतमा लगाएको बाली खाएर बर्सेनी नोक्सानी पुर्‍याउँदै आएको स्थानीय किसन दाहालले बताए। ‘वर्षातका बेला दोदा नदीको बाढीको पानी खेतमा पसेर धानलगायतका बाली भित्र्याउन पाउदैँनौं’, उनले भने, ‘बचेको बाली जंगली जनावरले खाएर सक्छन्, जग्गा हुँदाहुँदै पनि परिवारका लागि अन्नको जोहो गर्न अन्यत्र मजदुरी गर्नुपर्ने बाध्यता छ ।’

अधिकांश परिवारका युवाहरू परिवारका लागि दुई छाकको अन्न, लुगाफाटोको जोहो गर्न भारतमा मजदुरी गर्न जाने गरेको उनले बताए । धान लगायतका बाली लगाउँदा जंगली जनावरले अधिक क्षति पुर्‍याउन थालेपछि स्थानीयले उखु खेती गर्न थालेका छन् । उखुखेती जंगली हात्तीको झुण्डले व्यापक रुपमा नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । 

सीमावर्ती भारतीय दुधुवा नेशनलपार्कबाट हात्तीको झुण्ड वर्षातका बेला चुरे क्षेत्रमा जानुअघि र वर्षात सकिएपछि पुनः पार्कमा फर्कने क्रममा खेतबारीमा पसेर उखु बाली खाएर र खुट्टाले कुल्चेर क्षति गर्दै आएको पदम परियारले बताए। 

 उनका अनुसार सीमा क्षेत्रको रक्षाका लागि दुई सय परिवारलाई यस क्षेत्रमा पुनर्वास गराइएको थियो । पुनर्वासको समयमा २५ प्रतिशत जग्गा अग्लो ठाउँमा र ७५ प्रतिशत जग्गा नदी तटीय क्षेत्रमा उपलब्ध गराइएको थियो । अग्लो ठाउँमा दिइएको जग्गामा घर, करेसाबारी र नदी तटीय क्षेत्रमा उपलव्ध गराइएको जग्गामा खेती गर्नका लागि उपलब्ध गराइएको परियार बताउँछन् ।

‘नदी तटीय क्षेत्रको जग्गामा लगाएको बाली जंगली जनावरका कारण भित्र्याउनै पाउदैनौँं’, उनले भने, ‘जंगली जनावर नियन्त्रणका लागि मेसवायर जडानको माग गर्दै आए पनि पूरा हुन पाएको छैन ।’ 

नदी नियन्त्रणका लागि गैरसरकारी संस्था, नगरपालिका र प्रदेश सरकारले जैविक र तारजालीको तटबन्ध निर्माण गर्न थालेपछि जग्गा कटानी हुने क्रममा भने विगतको तुलनामा निकै कम हुँदै आएको उनको भनाइ  छ । नगरपालिकाको कृषि शाखाका प्रमुख कर्णबहादुर शाही सीमावर्ती क्षेत्रका बासिन्दाले लगाउदै आएको बाली जंगली जनावरले खाएर हैरानी दिन थालेको गुनासो आउन थालेकाले त्यसको निराकरणका लागि काम अगाडि बढाउन नगरपालिकालाई आग्रह गरिएको बताउँछन् ।

वडा नं ९ का अध्यक्ष नरबहादुर बिक विसं २०२८ मा तत्कालीन राजाले नेपाली भूमि अतिक्रमण हुन नदिनका लागि यस क्षेत्रमा बस्ती बसालेको बताउँछन् । ‘स्थानीय किसानले जग्गाको मालपोत बुझाउने कार्य प्रत्येक वर्ष गर्दै आएका छन्’, उनले भने, ‘जग्गाबाट उब्जनी लिनसकेका छैनन् ।’ 

बाढी, जंगली जनावरका कारण बालीको उत्पादन किसानले लिन सकिनरहेको उनको बुझाइ रहेको छ । ‘सीमा क्षेत्रका बासिन्दाले सीमा रक्षकको भूमिका खेल्दै आए पनि राज्यका तर्फबाट हुने सहयोगको खाँचो रहेको छ’, उनले भने, ‘सीमा क्षेत्रका बासिन्दालाई जंगली जनावरले बालीनालीमा गर्ने क्षतिको क्षतिपूर्ति, कृषिमा अनुदान, मेसवायर जडान, नदी नियन्त्रण, भरपर्दो सडकको व्यवस्थाका लागि कार्य अगाडि बढाउनुपर्ने हुन्छ ।’ 

नगरपालिकाले वडामा विनियोजन गर्ने थोरै बजेटले यी कार्य गर्न नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले सीमा क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ३ : ०२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील