दीपाश्रीलाई सन्दीप क्षेत्रीको झटारो – ‘हिट फिल्म बनाउन सक्ने ? श्रीमान् बनाउन नसक्ने?’ « Khabarhub

दीपाश्रीलाई सन्दीप क्षेत्रीको झटारो – ‘हिट फिल्म बनाउन सक्ने ? श्रीमान् बनाउन नसक्ने?’


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ दर्शकमाझ लोकप्रिय हुँदै गइरहेको छ । जितु नेपाल, दीपाश्री निरौला, राजाराम पौडेलको उपस्थिति सधै भइरहने यो ‘कमेडी शो’मा हरेक हप्ता नयाँ गेस्ट ल्याइन्छ ।

यो शोको पन्ध्रौं अंकमा जितु नेपालले अर्का हास्यकलाकार सन्दीप क्षेत्रीलाई आमन्त्रण गरेका थिए । उक्त शोमा सन्दीपले रमाइलो गरिरहेका थिए । सन्दीपले कुराका सिलसिलामा दीपाश्री निरौलालाई भने, ‘यो फिल्डमा हामीले अरु कसैलाई दिदी भन्दैनौँ, एउटा दीपा दिदी मात्र हो, जसलाई हामीले दिदी भन्छौँ ।’

दीपाश्रीले पनि जवाफ फर्काइन्, ‘दिदी दिदी भन्छ, भिनाजु खोज्न सक्दैन, बक्लोल !’

उनको जवाफपछि सन्दीपले फेरि भने, ‘हामी नै ठेक्का लिऊँ ? सुपरहिट फिल्म तिमी बनाउँछ, एउटा लोग्ने बनाउन सक्दैन ?’

उनको यो प्रत्युत्तरपछि एकछि हाँसो फैलियो । अझ सन्दीपले सय दिन मनाउने फिल्म बनाउने तर लोग्ने नबनाउने भन्दै व्यङ्ग्य गर्न भ्याए ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला उमेरले चालीस कटे पनि बिहे भने गरेकी छैनिन् । बेलाबेलामा दीपाश्रीको बिहेबारे गसिप बनिरहन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : २२ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र