देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ « Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित घोडाघोडी नगरपालिका १० बस्ने २३ वर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका ९ बस्ने ३० वर्षीय रमेश सिवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका ३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३ सय १५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोसन राजवंशी समेत २ जनालाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलाबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका १४ घर भएका ३८ वर्षीय राजु रोका मगर र सोही उपमहानगरपालिका ४ बस्ने २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ४ सिस्ने खोला बस्ने सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका १७ भैसाही चोकबाट रा ३ प ६३३८ नम्बरको मोटरसाइकलचालक सोही उपमहानगरपालिका १४ खोली गाउँ बस्ने ३२ वर्षीय शुशिल गहतराजलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका(१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका १३ बस्ने १९ वर्षीय सनिम सिरिषलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : ४८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र