देशको राजश्व निकाय नै ह्याकरको कब्जामा, दशौं लाख मानिसको विरण चोरी « Khabarhub

देशको राजश्व निकाय नै ह्याकरको कब्जामा, दशौं लाख मानिसको विरण चोरी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोफिया– कोही व्यक्ति वा संस्थाको कम्प्युटर ह्याक भएका घटना नौलो लाग्न छाडिसकेका छन् । कुनै ठूला संस्था वा नाम चलेका व्यक्तिका कम्प्युटर ह्याक भएको समाचार बारम्बार आउने गरेका छन् । सोही कारण यस्ता ह्याकिङका घटना सामान्य लाग्छन् ।

तर, हालै एउटा अपत्यारिलो समाचार सार्वजनिक भएको छ । समाचार अनुसार हालै एउटा मुलुक पूरै ह्याकरको सिकार भएको हो । ह्याकरले मुलुकका अधिकांश नागरिकको विवरण ह्याक गरेर डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा शेयर गरेका छन् ।

घटना पूर्वी युरोपेली मुलुक बुल्गेरियाको हो, जहाँ ह्याकरले राष्ट्रिय कर तथा राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरी देशको आधाभन्दा बढी परिवारको विवरण चोरी गरेका छन् । ती ह्याकरले मानिसहरुको व्यक्तिगत तथा आर्थिक विवरण चोरी मात्र गरेका छैनन्, डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा समेत राखिदिएका छन् ।

इन्टरनेट डार्क वेभ भनिने गोप्य क्षेत्रमा यस्ता दशौं लाख बुल्गेरियाली नागरिकको विवरण अपलोड गरिएको छ । यी डेटा १०.७ जीबी बराबरको रहेको बताइएको छ । ५७ फोल्डमा उपलब्ध यी डेटामा मानिस तथा व्यावसायिक संस्थानको आर्थिक विवरण, व्यक्तिगत विवरण तथा अन्य महत्वपूर्ण विवरणहरु राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ह्याकिङ भएलगत्तै बुल्गेरियाका अधिकारीले अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानबाट विदेशी भूमिबाट ह्याकिङ भएको निष्कर्ष निकालिएपनि ह्याकिङ भएको केही समयलगत्तै एक वर्षे युवाले आफूले राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरेको दाबी गर्दै स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।

ती युवाले सरकारले आफ्नो साइबर सुरक्षालाई मजबुत बनाउनु भन्दा पनि विदेशीलाई ह्याकिङको आरोप लगाएर उम्कन खोजेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ५४ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र