देशको राजश्व निकाय नै ह्याकरको कब्जामा, दशौं लाख मानिसको विरण चोरी « Khabarhub

देशको राजश्व निकाय नै ह्याकरको कब्जामा, दशौं लाख मानिसको विरण चोरी


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोफिया– कोही व्यक्ति वा संस्थाको कम्प्युटर ह्याक भएका घटना नौलो लाग्न छाडिसकेका छन् । कुनै ठूला संस्था वा नाम चलेका व्यक्तिका कम्प्युटर ह्याक भएको समाचार बारम्बार आउने गरेका छन् । सोही कारण यस्ता ह्याकिङका घटना सामान्य लाग्छन् ।

तर, हालै एउटा अपत्यारिलो समाचार सार्वजनिक भएको छ । समाचार अनुसार हालै एउटा मुलुक पूरै ह्याकरको सिकार भएको हो । ह्याकरले मुलुकका अधिकांश नागरिकको विवरण ह्याक गरेर डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा शेयर गरेका छन् ।

घटना पूर्वी युरोपेली मुलुक बुल्गेरियाको हो, जहाँ ह्याकरले राष्ट्रिय कर तथा राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरी देशको आधाभन्दा बढी परिवारको विवरण चोरी गरेका छन् । ती ह्याकरले मानिसहरुको व्यक्तिगत तथा आर्थिक विवरण चोरी मात्र गरेका छैनन्, डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा समेत राखिदिएका छन् ।

इन्टरनेट डार्क वेभ भनिने गोप्य क्षेत्रमा यस्ता दशौं लाख बुल्गेरियाली नागरिकको विवरण अपलोड गरिएको छ । यी डेटा १०.७ जीबी बराबरको रहेको बताइएको छ । ५७ फोल्डमा उपलब्ध यी डेटामा मानिस तथा व्यावसायिक संस्थानको आर्थिक विवरण, व्यक्तिगत विवरण तथा अन्य महत्वपूर्ण विवरणहरु राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ह्याकिङ भएलगत्तै बुल्गेरियाका अधिकारीले अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानबाट विदेशी भूमिबाट ह्याकिङ भएको निष्कर्ष निकालिएपनि ह्याकिङ भएको केही समयलगत्तै एक वर्षे युवाले आफूले राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरेको दाबी गर्दै स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।

ती युवाले सरकारले आफ्नो साइबर सुरक्षालाई मजबुत बनाउनु भन्दा पनि विदेशीलाई ह्याकिङको आरोप लगाएर उम्कन खोजेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ५४ बजे

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको