आजको मौसम : कतै भारी, कतै छिटपुट वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : कतै भारी, कतै छिटपुट वर्षाको सम्भावना


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : १६ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु