हेटौँडामा दुई अर्ब ३७ करोड रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी | Khabarhub Khabarhub

हेटौँडामा दुई अर्ब ३७ करोड रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।

इञ्जिनियर चौहनले उद्योगले हालसम्मको रू दुई  अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’ को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उनले भने, “त्यस बेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।”

उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो । “कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ”, इञ्जिनियर चौहनले भने, “पाँच जनाबाट रू एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।”

उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ । प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए ।

विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले रू एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : ५२ बजे

हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने 

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको

मेची भन्सार : एक महिनामै एक अर्ब २६ करोडबढी  राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक

‘अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक’

काठमाडौं– सरोकारवालाहरूले अटोमोबाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको

डा. हरिदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार हुमागाईंलाई

काठमाडौं– नेपालका लघुवित्तका पिता स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बर्का अट्वारी पर्वका