बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता « Khabarhub

बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बाजुरा–  बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्।

ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ।  ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताए।

ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ५० बजे

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट