दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध « Khabarhub

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातारको वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो ।

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए ।

उनले भने, “दुई दिन भइसक्यो जहाज कुरेको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन । स्थलमा मार्गबाट जान पनि समस्या छ ।” सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ । तर मौसम प्रतिकूल बन्दा यात्रुहरुलाई समस्या हुँदै आएको छ ।

डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो । हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  २ : ०५ बजे

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट