काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छ : कांग्रेस नेता सिंह « Khabarhub

काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिन्छ : कांग्रेस नेता सिंह


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न ध्यान दिनेसमेत बताए ।

केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले २०४६ सालपछिको विकास र प्रगति कांग्रेसकै नेतृत्वमा भएको दाबी गरे । उनले नेपालको प्रजतान्त्रिक र लोकतान्तित्रक आन्दोलनका साथै परिवर्तनमा कांग्रेसले इतिहास रचेकै भएर इतिहासको कुरा गरेको बताए ।

तर इतिहासको कुरासँगै कांग्रेसले जनचाहानाअनुरुप समयअनुसार आफ्ना कार्यक्रम लिएर जनतामा जाने पनि नेता सिंहले बताए । अब देश विकास र आर्थिक क्रान्ति कांग्रेसको मूल एजेन्डा हुनुपर्ने भन्दै नेता सिंहले जनताले अनुभव गर्नेगरी काम हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ३ : ०४ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित