नेपालको गिर्दो अन्तर्राष्ट्रिय छवि दलहरूले चिर्न सक्नुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

नेपालको गिर्दो अन्तर्राष्ट्रिय छवि दलहरूले चिर्न सक्नुपर्छ : शेखर कोइराला


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालको गिर्दो अन्तर्राष्ट्रिय छविलाई दलहरूले चिर्न सक्नुपर्ने बताएका छन् ।

पार्टी कार्यक्रमका लागि आज जनकपुरधाम पुगेका नेता डा कोइरालाले पत्रकारहरूसँग कुराकानी गर्दै काण्डैकाण्डले नेपाल भ्रष्टाचारको अखडाका रूपमा विकास भइरहेको गलत सन्देश गएकाले दलहरूले गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी रहेको बताए । सुनकाण्डले तस्करहरू र नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल भ्रष्टाचारको अखडाका रूपमा विकास हुँदै गरेको प्रष्ट सङ्केत गरेको उनको भनाइ थियो ।

“सुनकाण्डका घटना पटकपटक भएका छन् । त्यसमा राजनीतिकर्मी, कर्मचारी, भन्सार विभाग, अध्यागमनलगायत विविध पक्ष जोडिएका विषय आउँछन् । म त भन्छु यिनीहरूले मात्रै गलत काम गरिरहेका छैनन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय तस्करहरूको पनि त्यसमा संलग्नता छ । छिमेकी भारतीय बजारमा सुनको उपलब्धता, चिनियाँ नागरिकहरूसँग दुई तीन देशका नागरिकता रहेकालगायत विषयले पनि त्यसलाई सङ्केत गर्छ, जुनकुरा खोजीको विषय हुनसक्छ”, डा कोइरालाले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनकाण्ड, ललिता निवासको जग्गा अपचलन प्रकरण, नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, गिरीबन्धु टी स्टेट, गौर हत्याकाण्डलगायतका फाइल खोल्ने कुरा गरिरहेकाले सोहीअनुसार गम्भीरतापूर्वक छानबिन हुनुपर्ने बताउनुभयो । सुनकाण्डको छानबिनका लागि दलहरूबीच भएको सहमतिअनुसार गठन हुने आयोगले नेपालको गिर्दो छविलाई उठाउने गरी काम गर्न सक्नुपर्नेमा कोइरालाले जोड दिए ।

“अहिले भइरहेको सुन तस्करी र काण्डबारे एउटा आयोग गठनको विषयमा सहमति भइसकेको छ । त्यो आयोगले घटनामा संलग्न पक्ष र परिवेशबारे ठीक ढङ्गले छानबिन गर्न सकेन भने हाम्रो साख थप गिरेर जानेछ”, डा कोइरालाले अगाडि भने, “यसकारण अहिलेका सबै विषयमा अध्ययन गरी आयोगले चुरो कुरामा पुगेर समस्या समाधान गर्न सक्नुपर्छ । त्यसका लागि नेपाली कांग्रेसलगायत दलले सहजीकरण गर्नुपर्छ ।”

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : २६ बजे

अमेरिकाबाट निर्वासित भारतीय आप्रवासी स्वदेश फर्किए

एजेन्सी – संयुक्त राज्य अमेरिकाबाट निष्कासित भारतीय आप्रवासी बोकेको अमेरिकी

अध्यादेशको बचाउमा विश्वप्रकाश शर्मा, कार्यपत्रमा सम्झिए चन्द्र ढकालको भनाइ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र

विवाह उमेरबारे स्वास्थ्यकर्मीको खबरदारी : मातृमृत्यु बढाउने कुकर्म नगरौँ

विवाह उमेर १८ वर्षमा झार्ने विषयमा बहस भइरहेको छ ।

अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन

धनगढी– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले प्रतिनिधि

अधिराजकुमारी सोफियाले गरिन् कीर्तिपुर आँखा अस्पताल अवलोकन

काठमाडौं– नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफिया