पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा पाकिस्तानमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले कजिम खानलाई पक्राउ गरेको हो ।

पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार हत्या गरिएकी श्रीमतीको शव गाड्दै गरेको अवस्थामा उनलाई फ्याक्ट्री क्षेत्रमा रहेको समाधिस्थलबाट पक्राउ गरिएको हो ।

अमेरिकी नागरिकलाई चरम यातना दिइएको सूचनाका आधारमा अनुसन्धान गर्दा घटनाको वास्तविकता सार्वजनिक भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रहरीले उनको साथबाट हत्या गर्न प्रयोग भएको हतियारसमेत बरामद गरेको छ । पाकिस्तानमा महिलाको हत्याका घटना बढिरहेको बताइएको छ ।

एएनआईका अनुसार सन् २०२१ को डिसेम्बर महिनामा पनि अमेरिकी नागरिक वाजिहा स्वातीको हत्या गरेको आरोपमा उनका पाकिस्तानी श्रीमान् रिजवान हबिबलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा हबिबले सम्पत्तिको निहुँमा आफ्नी श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ३१ बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र