पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा पाकिस्तानमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले कजिम खानलाई पक्राउ गरेको हो ।

पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार हत्या गरिएकी श्रीमतीको शव गाड्दै गरेको अवस्थामा उनलाई फ्याक्ट्री क्षेत्रमा रहेको समाधिस्थलबाट पक्राउ गरिएको हो ।

अमेरिकी नागरिकलाई चरम यातना दिइएको सूचनाका आधारमा अनुसन्धान गर्दा घटनाको वास्तविकता सार्वजनिक भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रहरीले उनको साथबाट हत्या गर्न प्रयोग भएको हतियारसमेत बरामद गरेको छ । पाकिस्तानमा महिलाको हत्याका घटना बढिरहेको बताइएको छ ।

एएनआईका अनुसार सन् २०२१ को डिसेम्बर महिनामा पनि अमेरिकी नागरिक वाजिहा स्वातीको हत्या गरेको आरोपमा उनका पाकिस्तानी श्रीमान् रिजवान हबिबलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा हबिबले सम्पत्तिको निहुँमा आफ्नी श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ९ : ३१ बजे

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई