गलकोट नगर अस्पतालमा उपकरण थपिएपछि सेवा सहज बन्दै | Khabarhub Khabarhub

गलकोट नगर अस्पतालमा उपकरण थपिएपछि सेवा सहज बन्दै


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् ।

नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृतलगायतका अस्पतालमा आवश्यक दक्ष जनशक्ति थपिँदैछन् । अस्पतालमा आधुनिक उपकरण पनि थपिँदै गएका छन् ।

नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा. राजेश पौडेल र डा. मनोज कार्कीले सेवा दिइरहेका छन् । विशेषज्ञ चिकित्सकसँगै अस्पतालमा अहिले ‘अल्ट्रासाउन्ड’ उपकरण पनि आएको छ ।

नगर अस्पताललाई गलकोट समाज जापानले ३५ लाखको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेको छ । समाजले नगर अस्पताल सञ्चालनका लागि यसभन्दा अगाडि पनि स्वास्थ्य उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो ।

अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससमेत सहयोग आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । विदेशमा रहेर पनि गलकोटेहरुले आफ्नो समाजप्रति जिम्मेवार भएर सहयोग गरिरहेको उनको भनाइ छ ।

अहिले नगर अस्पतालमा भिडियो एक्स–रे, डेन्टल मेसिन, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग गरेको भण्डारीले बताए ।

एक वर्षदेखि गलकोटमा १५ शय्याको सेवा प्रवाह गर्दै आएको उनको भनाइ छ । यही अस्पालमा गुणस्तरीय सेवा दिन थालेपछि गलकोटबाट उपचारका लागि बाहिर जानेको सङ्ख्या न्यून भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

गलकोट क्षेत्रमै सहरबजारका सुविधायुक्त अस्पतालमा जस्तै सेवा प्रवाहका लागि आफूहरूले जापानमा सहयोग जुटाएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले बताइन् ।

गलकोट समाजले स्वास्थ्यसँगै खेलकुद र विपन्न परिवारलाई सहयोग गर्दै आएको उनको भनाइ छ । लामो समयदेखि समाजिककार्य गर्दै आएको गलकोट समाज जापानले १८ करोडभन्दा बढी रकम विभिन्न क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ ।

नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले सेवा थपिँदै गएपछि बिरामीको सङ्ख्या बढ्दै गएको बताए । पछिल्लो समय ठूला सहरमा उपचार गराउन जाने बिरामीले गलकोटमै सेवा लिइरहेको पौडेलको भनाइ छ । अहिले अस्पतालमा दैनिक एक सय ७० देखि दुई सय जना बिरामीले उपचार सेवा लिने गरेको डा पौडेलले बताए ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् ।

अस्पालमा हाल गलकोट नगरपालिकाबाहेक ताराखोला, बरेङ, बडिगाड गाउँपालिका सहित गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : ५९ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्