नेपाल मलेसियासँग ६ विकेटले पराजित « Khabarhub

नेपाल मलेसियासँग ६ विकेटले पराजित


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

बायोमास ओभल मैदानमा नेपालले दिएको ८५ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे । यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ ।

नेपालविरुद्ध मलेसियालाई जित दिलाउन अनिना हमिजाह हासिमले ३७ रनको नटआउट पारि खेलिन् । यसैगरी महिराह इस्माइलले २१ रन बनाउँदा वान जुलियाले ८ रनको योगदान गरिन् । नेपालका लागि पुजा महतो, सिता रानामगर, रुविना क्षेत्रीले एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे। बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २–२ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो। 

सिरिजपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ।

मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा दुई टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ०१ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।