मध्यपहाडी लोकमार्ग अवरुद्ध | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग अवरुद्ध


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि  भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पुर्‍याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनले बताए । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ । 

‘केही दिन भयो दिनदिनै पानी परी राखेको छ, हिजोदेखि ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडी जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ’, अध्यक्ष पौडेलले भने, ‘वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पुर्‍याउने देखिन्छ ।’

यस खण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ४८ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको