तीनै तहका सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउनुपर्छ : नेता सिंह | Khabarhub Khabarhub

तीनै तहका सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउनुपर्छ : नेता सिंह


१० भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनै तहका सरकारलाई सहज रुपमा सञ्चालन गर्नका लागि आवश्यक कानून बनाउनुपर्ने बताएका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित माल्यार्पण कार्यक्रममा नेता हिले संघले आवश्यक कानूनहरु निर्माण गरे स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरे ।

उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारे गम्भीर भएर सोच्नुपर्ने बताए ।

त्यस्तै उनले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताए ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : ४४ बजे

रूस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल : पुटिन

मस्को– रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास

चीनमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु, ४ जना बेपत्ता 

बेइजिङ– चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

विर्तामोड– झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको

कुशेऔंसी, गोकर्णेश्वर र दुई किंवदन्ती

द्वैत, अद्भुत या द्वेताद्वेत अनेक दार्शनिक तर्क-वितर्कहरूमा लागेका उहिलेका शैव-मतका

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

नेपालगञ्ज– बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला