मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला  | Khabarhub Khabarhub

मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला 


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मान्म– मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको करिडोर आजबाट खुल्ला गरिएको हो । 

खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । 

‘पुलको एकातर्फीको भाग निकै कठिन रहेको थियो’, उनले भने, ‘त्यसको मर्मतका लागि केही दिन कर्णाली करिडोर खुलालु सडक केही दिनका लागि बन्द गरिएको थियो ।’ खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सञ्चालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । ‘सडक डिभिजन कार्यालय जुम्लाको अनुरोधमा केही दिन सडक बन्द गरिएको थियो’, उनले भने, ‘अहिले मर्मतको काम सकिएकाले खुल्ला गरिएको छ ।’

सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने र सडक मर्मतको काम सकिएको भएपनि आरसीसी गर्न बाँकी रहेको निर्माण व्यवसायी रूपक आचार्य बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ५ : १९ बजे

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा