सरकार क्लिन फिडको प्रावधानबाट पछि नहट्ने « Khabarhub

सरकार क्लिन फिडको प्रावधानबाट पछि नहट्ने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार विदेशी टिभी च्यानलको विज्ञापनरहित प्रसारण (क्लिन फिड)को नीतिबाट पछि नहट्ने भएको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधानबाट सरकार पछि नहट्ने स्पष्ट पारेका हुन् ।

मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राखेको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि बताए ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै संशोधन प्रस्ताव फिर्ता लिन सांसदद्वय कर्ण र मियाँलाई आग्रह गरे ।

नेपालको हितलाई प्रवद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरे पनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले क्लिन फिड मुलुकको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित सरकारले सो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरे । बाह्य पर्यटक भित्र्याएर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने सांसद राजभण्डारीको तर्क थियो ।

सांसदहरुले सो विधेयक र सूचना प्रविधिसँग सम्बन्धित विषयकमा बाँझिएका कतिपय प्रावधान सच्याउन पनि सरकारसँग माग गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ३ : १३ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश