महिला खेलाडीको ओठमा चुम्बन काण्ड : निलम्बित स्पेनी फुटबलका अध्यक्षकी आमा भोक हडतालमा | Khabarhub Khabarhub

महिला खेलाडीको ओठमा चुम्बन काण्ड : निलम्बित स्पेनी फुटबलका अध्यक्षकी आमा भोक हडतालमा


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

मड्रिड- महिला विश्व कप च्याम्पियन खेलाडीको ओठमा चुम्बन गरेका कारण निलम्बनमा परेका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमाले भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन् ।

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन् । महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि अस्टे«लियाको सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसाको ओठमा चुम्बन गरेका थिए ।

प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले उनलाई ९० दिनका लागि निलम्बन गरेको छ भने फिफाको अनुशासन समितिले अनुसन्धान पनि थालेको छ । उनले सहमतिमा चुम्बन गरेको बताए पनि खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् ।

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई चुम्बन काण्डले ओझेलमा पारेको छ । विश्वकपअन्तर्गत अस्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।

चुम्बन काण्ड चर्किएपछि स्पेनको राष्ट्रिय टोलीका खेलाडीहरूले अध्यक्ष रुबियाल्सले राजीनामा नगरेसम्म मैदानमा नफर्कने घोषणा गरेका छन् । उनकी आमा एन्जेल्स बेजारले आफ्नो छोराले न्याय नपाएसम्म मोट्रिलको दक्षिणी शहरको गिर्जाघरमा भोक हडताल जारी राख्ने सरकारी समाचार समिति इएफईलाई बताएकी छन् । खेलाडी जेनीले सत्य नबोलेको आरोप पनि उनले लगाएकी छन् ।

स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै रुबियाल्सले राजीनामा गर्नु श्रेयस्क हुन बताएका छन् । सरकारी अधिकारीहरूले सहमतिमा चुम्बन नगरिएको भए उनीविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न अभियोजकको कार्यालयले जेनीलाई सुझाएका छन् । उनलाई मुद्दा दायर गर्न १५ दिनको अवधि दिइएको छ । खेलकुदसम्बन्धी विवाद निरुपण गर्ने निकायले रुबियाल्सलाई पदमुक्त गर्ने अपेक्षा सर्वसाधारणले गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ३ : ५५ बजे

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ