राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री « Khabarhub

राष्ट्रियता र स्वाधीनताको पक्षमा जनयुद्ध जसरी लडेको छु : प्रधानमन्त्री


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको ‘सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँडेर सामन्तवाद ब्युँताउन खोजिएको आरोप लगाए ।

अमेरिकी सहयोग परियोजना एमसीसीसँगै सदनबाट पारित गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी पनि एमसीसीकै अंग भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले व्याख्यात्मक टिप्पणीको कार्यान्वयन नभए सडकमा उत्रिने चेतावनीसमेत दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रुप फेरिएको छ, तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपील गर्न चाहन्छु ।’

प्रधानमन्त्रीले आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए । धेरै अप्ठ्याराहरुको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए ।

उनले अहिले पनि पूँजीपतिहरुले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरुको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरुसँग सम्झौता गर्न चाहिरहेको आरोप लगाए । उनले आफूहरु भने जनगणतन्त्रबाट माथि उठेर समाजवादी गणतन्त्रमा रुपान्तरित हुन चाहेको बताए ।

दुई पक्षबीचको लडाइँ यही भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा आफूहरुले विशाल शक्ति सञ्चय गर्नुपर्ने बताए । त्यसका लागि मित्रहरुका साथै मोर्चामा इमान्दारपूर्वक लाग्नुपर्ने बताए ।

अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरु प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरु लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरुलाई परास्त गर्नसक्ने उनको भनाइ थियो । उनले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने जिकिर गरे । त्यसका लागि उनले नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ६ : २१ बजे

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा