म बोल्ने बेलामा खुलेर बोलम कि नबोलौ भन्ने लाग्यो। किनभने म अहिले सांसदमा छैन। तत्काल म मन्त्री हुने सम्भावना पनि छैन। त्यतिखेरसम्म के बोल्या थिइस् भनेर कसैले कागज बोकेर नआउला। बोल्न के को डर ? म अर्थको छाया मन्त्री थिएँ। सरकार हाम्रो बन्यो। प्राय प्रधानमन्त्रीले अर्थ मन्त्रालय राख्ने चलन थियो। त्योपल्ट माओवादीलाई दियौँ। त्यत्तिले पनि नपुगेर रक्षा पनि नपाउने भयो। परराष्ट्रबारे म खासै जानकारी राख्ने मान्छे होइन। बाहिर पढ्या र भाषा अंग्रेजी र नेपाली बोल्ने भएकोले भन्दिए भइहाल्छ भन्ने हो। अर्को नेपालमा जसलाई जुन विषयको ज्ञाता भने पनि भयो। के सबै ज्ञान जान्या मान्छे पनि यति जना छन्। यति जना छैनन् भनेर भन्ने हुनुपर्छ।
एउटा राजनीतिक मान्छेले लेखेको लेख र एउटा विश्वविद्यालयले प्राध्यापकले लेखेकोमा फरक हुँदैन। केही अपवाद भने अवश्य छन्। हामी जे चिजमा पनि गिजोलिरहेका छौं। फजुलमा नामको डिस्कसनमा किन जाने भन्ने लाग्छ ? दुनियाँको राजनीतिक मानचित्र कता पुगिसक्यो ? विश्व अर्के चरित्रको बनिसक्यो। हामी बेकारमा नामको बहस किन गर्ने ? बेनामी बहस किन गर्ने ? एकेडेमिक बहस पनि होइन।
केपी ओलीजीले नेपालको बहसलाई गलत ठाउँमा लिएर जानुभयो। नेपाललाई फजुलमा उत्तर-दक्षिणको रेलको बहसमा लिएर जानुभयो। चीनसँग हाम्रो खुल्ने कुरा सदाको लागि टाढाको काम मात्रै हो। चीनसँग हाम्रो जोडिने भनेको सडकले नै हो। ओलीजीले त्यसबाट बाहिर लिएर जानुभयो। रसुवाको करिडोर कति चाँडै जान्छ। कोशी र गण्डकीको कति खुल्छ ? त्यो महत्त्वपूर्ण हो। जसले रेलको भार बोकाइ दिएको छ। त्यो उत्तर चाहिँ नखोल्ने कुरा हो।
म कोशीको मान्छे। काठमा बाँधेर धान जान्थ्यो। पाँचवटा रेल आएपछि त्यो चेन्ज भयो। पारिपट्टि। यी महत्वपूर्ण हुन्। चीनसँग बहसमा रोडको कनेक्सनको कुरा गर्ने हो भने राम्रो हो। नभए अरु सँधै गरेको जस्तो मात्रै हुन्छ।
हामी कस्तो ठाउँमा छौँ भने, एउटा प्रश्नको जवाफ पाएको छैन। कसले दिन्छ भन्ने पनि थाहा छैन। दिन्छ कि दिँदैन भन्ने पनि थाहा छैन। एमसीसीको पक्षमा म खुलेरै बोल्या हो। सबै डराएर नबोल्दा पनि म बोलेँ। लेखेँ पनि। युवराज खतिवडालाई प्रश्न गर्दा पनि पैसा कहाँबाट ल्याउनुहुन्छ भनेर कराएँ। एसपीपी किन नचाहिने भयो भनेर धेरै बहस नगरी गयो। एसपीपी बहस नै नगरी बिदा गर्यौँ। यो सतहमा देखिने कुराभन्दा डिपर कुरा छ।
दोस्रो म एउटा कुरा पत्याउँदिन। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले असहमति जनाउँदा जनाउँदै राष्ट्रपतिले त्यसबेला बोल्नुभयो भनेर। त्यो बारेमा अझै सूचना जम्मा गरे हुन्छ। कसरी बोल्नुभयो भनेर ? भन्न त त्यसै भन्दिए हुन्छ। सुनाउन सजिलो हुन्छ। लामो व्याख्या गरिनँ। उहाँले बोल्या कुरा हेर्न सकिन्छ। त्यो संस्था हो। उहाँले बोलेको कुरामाा झगडा गर्नुपर्ने ठाउँ कतै देखेको छैन।
चीन र भारतवाला झुटा कुरा किन गर्ने ? बिआरआईको लागि सबैभन्दा पहिले रसुवागढीबाट ट्रान्समिसन लाइन चाहियो। त्यो पहिले कुरा गरौँ न त। अरु कुरा होला अनि। त्यो कुरा नगर्ने ? भारतसँग हामी धेरै जोडिएका छौँ। चीनसँग छैनौँ।
आजको चीनको अर्थतन्त्र १९ ट्रिलियन्स क्रस छ। भारतको अर्थतन्त्र ३.७५ क्रस छ। कति फरक छ ? २०५० मा भारत ठूलो इकोनमी हुन्छ भन्ने कुरा पनि प्रतिवर्ष कत्तिको वृद्धि गर्नुपर्छ ? विश्वमा त्यो कतै भएको छ ? साइज बराबर हुनुपर्छ ? हाफ साइजमै पुग्यो भने पनि त्यो एडभान्टेज छ। भारतको अरु जेसुकै भने पनि मोदीको भारतको सबभन्दा ठूलो तागत ‘क्यापिटल डिमोक्रेसी’ हो। त्यो तागतले भारतलाई बलियो बनाउँछ। चीनले के देख्छ थाहा छैन। हाफ साइज हुनलाई पनि २७ वर्षमा साढे तीन प्रतिशत फास्टर ग्रो हुनुपर्छ।
नेपाल सानो चाहिँ केमा छ ? न जनसङ्ख्यामा सानो छ न भूगोलमा सानो छौं। अर्थतन्त्रमा चाहिँ हामी सानो छौं। हाम्रोभन्दा भारतको जनसंख्या ४० गुणा बढी होला। इकोनमी ९० गुणा बढी छ। चीनको त ४५० गुणा बढी छ। इकोनोमिमा हामी सानो छौं।
पिसकिपिङमा सेकेन्ड वा थर्डमा छौं। बसिराख्छौं। त्यो हाम्रो तागज के हो भने त्यो हाम्रो तागत हो। नेपालको राजनीतिक तागत हो। त्यसलाई प्रयोग गराैँ। मैले अहिले पनि सम्झिन्छु ९० मा म अमेरिकामा थिएँ। न्यूयोर्क टाइम्समा एउटा आर्टिकल लेख्यो। उसले अब नेपालमा आर्मी फेरि हामीलाई काम लाग्ने हुनसक्छ। दुनियाँभर शान्ति कायम गर्न भनेर लेख्या थियो। हामीले त्यो कुरा पनि गर्न सकेनौँ। हामीलाई भन्दा भुटानको समस्या समाधान गर्नुपर्छ भनेर लिनका लागि त्यहाँको भुटानीलाई दुःख नहोस् भनेर। हाम्रो डिप्लोमेसी कहाँ छ ? यो हामीले बुझ्नुपर्छ।
अर्को मन्त्री हुँदा २०१० मा नेपालले जेनेरल एसेम्लीको चुनाव लड्ने भनेर क्यान्डिडेट तयार गर्यौँ। तर, जसलाई क्यान्डिडेट बनायौँ। उहाँले त मन्त्रीसँग लबिङ गर्न जानुपर्यो नि। माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले मलाई राख्नुभयो। पछि सरकार हिनिहाल्यो। मैले काम गर्नु परेन। तर हाम्रो कोसँग चुनाव लड्नै नसक्ने गरी हार खाइसकेको थियो त ? कतारले भन्यो पनि हामीले गरेनौँ। मुर्खता गर्यौँ।
साच्चै भोट हाल्नु भन्दा पहिले कसले कसले भोट हाल्छ भन्ने। सक्दै नसक्ने भएपछि फिर्ता लियौँ भन्नुपर्ने बेला थियो। म मन्त्री थिइन। कतारको बारेमा कुरा गर्दा हाम्रो डिप्लोमेसीमा हावा कुरा गरेर हुन्छ ? यति शव जान्छ भनेर हुन्छ ? नेपालले सय रुपैयाँ कमाउँदा अरु २४ रुपैयाँ थपिन्छ। आयात गर्न छोडेर उत्पादन गर्न थाल्यौँ भने अर्थतन्त्र त बढ्छ। फ्रेन्च आर्मीमा भर्ती हुने क्षमता राख्ने हो भने कसरी आइपुगिस् भनेर कसैले प्रश्न गर्दैन। नेपालीहरु जान थाल्या छज्। त्यहाँ पुगेपछि कसैले कसरी आइस भनेर सोध्नेवाला छैन ।
अब हामी आजको दिनमा नेपाल कतातिर जाने ? चीन र भारत जसरी माथि गइरहेको छ नि त्यो हाम्रो अवसर होइन। हाम्रो आजको राजनीति नासवान छ। हामी कसले कसलाई कसरी बोकेर हिँड्छौं थाहा छैन। कसलाई बालुवाटार ल्याउँछौ ? कसलाई गाली गर्छौ। अथवा कसलाई नराम्रो देखाउन जबरजस्ती एक अर्कासँग कम्पिटिसन गर्छौ। त्यो तरिकाको डिप्लोमेसीलाई आजको भारत र चीनको सम्बन्ध बन्दैन। लठुवा तालको गभर्नेन्सले केही गर्दैन। हामीसँग स्किल छैन।
अमेरिका गएर चीन जाने जुन टुंगो भएको छ। त्यो राम्रो भएको छ। बहस किन गर्ने ? भारत पनि किन जानुपर्ने भनेर ? हामी लुगा लगाएर हिँडेछौं। तर, नलगाई हिँड्दा कस्तो देखिन्छ थाहा छैन ? परराष्ट्र नीतिले लुगा खोज्छ। नेपालको राजनीति नाङ्गै हिँड्या छ। त्यो दलीय राजनीतिले लुगा नलाएसम्म हामी चीन र भारतको इमर्जिङ स्किल हाम्रा लागि डिजास्टर हुनसक्छ। मेरो चिन्ता त्यो हो।
काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता एंव पूर्व रक्षामन्त्री डा.मिनेन्द्र रिजालले राख्नुभएको धारणाको सम्पादित अंश)
प्रतिक्रिया