इलाम अस्पतालमा शय्या अभाव, भुइँमै राखेर उपचार « Khabarhub

इलाम अस्पतालमा शय्या अभाव, भुइँमै राखेर उपचार


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भुइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भुइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकस्मिक कक्षमा बिरामी आउने गरेको आकस्मिक कक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिए । उनका अनुसार अस्पताल आउने मध्ये अधिकांश डेङगु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामी छन् ।

‘जीउ दुख्ने, हात खुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्याधिक आउने लक्षणहरु लिएर अधिकांश बिरामी आउने गरेका छन्’, लुइँटेलले भने, ‘अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुइँमै भए पनि उपचार गरिरहेका छौँ ।’

अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितित खतिवडाले जानकारी दिए। उनका अनुसार आकस्मिक कक्षमा जम्मा ११ शय्या मात्र छन् । ‘आकस्मिक कक्षमा भर्ना भएर आएका बिरामीलाई शय्या नपुगेपछि भुइँमै राखेर सेवा दिइरहेका छौँ’, व्यवस्थापक खतिवडाले भने, ‘ओपिडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो उपचार गरिरहेका छौँ ।’ 

उनका अनुसार साउन र भदौ १० गतेसम्ममा जाँच गराउन आउनेमध्ये ४१ जनामा डेङगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । ‘यीमध्ये डेङ्गुका १० र स्कपटाइफसका पाँच जना बिरामीलाई भर्ना नै गरेर उपचार गराएका छौँ’, उनले भने ।

जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आउनुभएकी माया थेबेले शय्या नपाउँदा उपचारमा असहज भएको बताए । उनले भने, “ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुइँको चिसोले ज्यानै लैजाला जस्तो छ ।’

जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : २२ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड