लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : देउवा « Khabarhub

लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : देउवा


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गरेका छन् ।

जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताका लागि पनि यस्ता पर्वलाई जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी रहेको बताएका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व छन् । यी प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्दै सभापति देउवाले नेपालीको मौलिक सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व भएको बताएका छन् ।

उनले जनैपूर्णिमा र गाईजात्राका अवसरमा सम्पूर्णमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  २ : ०१ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा