चिकित्सक भन्छन्– गर्भवती र सुत्केरीले व्रत नबस्नु « Khabarhub

चिकित्सक भन्छन्– गर्भवती र सुत्केरीले व्रत नबस्नु


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार हिन्दु महिलाहरु व्रत बस्ने र भगवान् शिवको पुजा आरधना गर्ने गर्छन् ।

स्वस्थ व्यक्तिका लागि सातामा एकदिन व्रत बस्नु उपयुक्त भएपनि गर्ववती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्तु उपयुक्त नहुने चिकित्सकहरु बताउँछन् ।

गर्भवती महिलाले खाने खानाबाटै गर्भमा भएको शिशूका वृद्धिविकास हुन्छ । त्यसैले गर्भवती महिला व्रत बस्दा गर्भको बच्चालाई पनि पौष्टिक तत्व कम हुनसक्छ । यस्तै स्तनपान गराउने महिलाले व्रत बस्दा शिशूलाई दुध कम हुनसक्छ ।

व्रत बस्दा महिलाको शरीरमा ग्लुकोजको मात्रा कम भएर स्वास्थ्यमा समस्या देखिन सक्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।

‘स्वस्थ महिलाका लागि सातामा एकदिन व्रत बस्दा राम्रो हुन्छ तर गर्भवती तथा सुत्केरी महिलाका लागि व्रत बस्नु उपयुक्त हुँदैन,’ पोषणविद् उपाध्यायले भने, ‘व्रत बस्दा रगतमा ग्लुकोजको मात्रा कम हुन्छ, गर्भवती र स्तनपान गराइरहेका महिलामा शरीरमा ग्लुकोजको मात्रा कम हुँदा कमजोर हुनसक्छ ।’

यस्तै दिर्घरोगका बिरामीले पनि व्रत बस्नु उपयुक्त नहुने उनको भनाइ छ । यस्तै धेरै परिश्रम गर्नुपर्ने कामकाजी महिलाहरुले पनि व्रत बस्नु उपयुक्त नहुदैन ।

साउनको सोमबार व्रत बस्ने कतिपय महिलाहरु पानी समेत नखाने पनि गर्छन् । पानी पनि नखाइ व्रत बस्दा शरीर कमजोर हुने उपाध्यायको भनाइ छ ।

व्रत बसेपनि फलफूलहरु खानु उपयुक्त हुने पोषणविद् उपाध्याय बताउँछन् । व्रत बस्ने महिलाहरुले गुलियो पदार्थ भने खान नहुने उपाध्याय बताउँछन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ३५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा