भेरी अस्पताल स्तरोन्नति गरिने | Khabarhub Khabarhub

भेरी अस्पताल स्तरोन्नति गरिने


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जानकी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्नतिका लागि मन्त्रालय सधैँ तयार रहेको बताएका छन् । आज भेरी अस्पताल अवलोकनका क्रममा उनले यस अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताएका हुन् ।

मन्त्री बस्नेतले भने ,’मन्त्रालयले यो अस्पतालको आन्तरिक र बाह्य दुवै पक्ष व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ । अझै व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार छ ।’

 अस्पतालको फोहर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिँदै उनले एउटै व्यक्तिले लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिए। उनले भने ,’एउटै व्यक्ति १५, १६  वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको छ । यो विषयमा व्यवस्थापन समितिलाई सचेत भएर सरुवाको प्रक्रिया अघि बढाउन म आग्रह गर्दछु ।’ 

गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई आग्रह गरे । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ४ : ४१ बजे

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने

काठमाडौं– नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ

तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी