एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै « Khabarhub

एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । 

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न साढे १२ बजे बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

मुलुक संघीयतामा लागू भएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

अधिवेशन अन्तर्गत आज उद्घाटनसत्र हुनेछ भने भोलिदेखि बन्दसत्र हुनेछ । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने छन् । 

अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एकहजार चारजना प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनले प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ११ : ०६ बजे

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले