जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन « Khabarhub

जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झागोहर अलीलाई प्रहरीले  नेता खानलाई भेट्नबाट रोकेको हो । 

कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग  भेट गर्न नदिइएको हो । अदालतले नेता खान र उनका छोराहरूबीच टेलिफोनमा कुराकानी गर्न दिएको अनुमतिको पनि जेलका अधिकारीहरूले अवज्ञा गरेका उनले बताएका छन् । 

इस्लामावाद उच्च अदालतले  मंगलबार नेता खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर गोप्य सरकारी दस्तावेज  सार्वजनिक गरेको अभियोगमा उनलाई जेलबाट मुक्त गर्नुअगावै न्यायिक हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको थियो ।  

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी झमेलामा फसेका छन् । उनीविरुद्ध दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षड्यन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् । 

औपनिवेशिक युगको गोप्य कानुनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न विशेष अदालतले आदेश दिएको थियो । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार नै उल्ट्याइएको थियो । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ५ : ४२ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट