दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता, सरकारले भ्रष्टाचार अभियान चलाइरहेको ओलीको आरोप, गण्डकीका सात सय ५९ वडामा माओवादीको रूपान्तरण अभियान सुरु, सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी, कम्युनिष्ट पार्टीबीच एकता आवश्यक, संखुवासभा कैदी मृत्यु प्रकरण स् कारागारका दुई कर्मचारी नियन्त्रणमा, हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयारलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् ।

नेकपा(माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रूपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी ब्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए।

सरकारले भ्रष्टाचार अभियान चलाइरहेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।

सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए। एमालेले मुलुकबाट गरिबी उन्मूलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए।

बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्छु : प्रचण्ड
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनपक्षीय कामहरू गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आज ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गर्दै उनले वर्तमान सरकारले इतिहास नै सम्झिने गरी साहसिक र जनपक्षीय काम गरिरहेको दाबी गरे ।

पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँ : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छन् ।

गण्डकीका सात सय ५९ वडामा माओवादीको रूपान्तरण अभियान सुरु
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गरेको छ ।

देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताए।

कम्युनिष्ट पार्टीबीच एकता आवश्यक
नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन् ।

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुँदै एकताको आवश्यकता रहेको बताए ।

देश ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भयो : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले ठुला राजनैतिक दलहरुको सिन्डिकेटको शिकार भएको बताएका छन् ।

राप्रपा कपिलवस्तुले शनिबार तौलिहवामा आयोजना गरेको नविन राप्रपा कार्यक्रममा उनले देशका विभिन्न प्रकरणमा सबै ठुला दलहरु मिल्ने र मिलिजुली रुपमा देशलाई सिन्डिकेटको शिकार बनाएको बताएका हुन् ।

जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् ।

नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।

सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।

‘शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् ।

दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन् ।

विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्नेमा सभामुखको जोड
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विश्वपरिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव विषयक कार्यक्रममा सभामुख घिमिरेले एमसीसी, बीआरआइ लगायतका कार्यक्रमलाई राष्ट्रियतालाई प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छु : अर्थमन्त्री

अर्थमन्त्री डा। प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका हुन् ।

संखुवासभा कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा

संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ।

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।

तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ०० बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा