भारतको कश्मीर पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै | Khabarhub Khabarhub

भारतको कश्मीर पदयात्रा पर्यटनको आकर्षक गन्तव्य बन्दै


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । कश्मीर पर्वतारोहण र पदयात्राका लागि निकै आकर्षक गन्तव्य मानिन्छ ।

यही आकर्षक गन्तव्यमा पदयात्रा गर्न आउने पर्यटकको सङ्ख्या पछिल्ला केही वर्षयता बढ्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ ।

पछिल्लो केही वर्षमा शान्ति सुरक्षाको प्रत्याभूतिका कारण भारतका विभिन्न राज्यसँगै युरोप र अमेरिकी महादेशका मुलुकहरुबाट पनि पर्यटक आउन थालेका छन् ।

कश्मीर क्षेत्रमा पदयात्राका लागि पर्यटकको आगमन बढेसँगै यसअघि अन्य क्षेत्रमा काम गरिरहेका युवाहरु पनि पर्यटन, पर्वतारोहण, पथ प्रदर्शकजस्ता पेशामा आकर्षत हुन थालेका छन् ।

यसबाहेक युवाहरुले सामाजिक सञ्जालमार्फत पनि पर्यटकलाई आकर्षित गर्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ०० बजे

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा