बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन निर्देशन | Khabarhub Khabarhub

बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन निर्देशन


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्छ्यौटलाई प्रभावकारी बनाउन प्रतिबद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सभापति पोखरेलले विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धता सहितको कार्ययोजना बनाउन समिति सचिवलाई निर्देशन दिए ।

उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने गरी बनाउन पनि आग्रह गरे । सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।

समितिका २७ जना सांसदहरुले काममा गति दिनसके समितिको काम प्रभावकारी हुने बताए । उनीहरुले समितिले तत्काल बेरुजु, महालेखा र लेखा उतरदायीहरुको बीचमा अन्तरसंवाद र लेखा समितिका सदस्यहरु र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको बताए ।

उनले समितिमा पर्ने उजुरीहरुको समितिमा छलफल हुने तर अध्ययन अनुसन्धान नगर्दा परिणाम आउन नसक्ने अवस्था रहेको भन्दै आगामी दिनमा समिति सदस्यहरुले अध्ययन गर्न आवश्यक रहेको बताए । बैठकमा एमाले सांसद योगेश भट्टराईले राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरूको आर्थिक व्यवहारलाई पनि संसदीय समितिले हेर्नुपर्ने बताए । सांसद भट्टराईले लेखा समितिले राजनीतिक दलसँग सम्बन्धित विषयलाई पनि आफ्नो क्षेत्राधिकारभित्र राख्नु पर्ने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : २८ बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को