धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर « Khabarhub

धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ ।

मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको जनाइएको छ । रिटमाथि बिहिबार बहस तोकिएको रिट दायरकर्ता पाठकले बताए ।

जिल्ला अदालत सम्झौताविपरीत कुनै काम नगर्न र नगराउन आदेश दिए पनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको थियो । अदालतको आदेशविपरीत उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो ।

जिल्ला न्यायधीश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबीच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौताविपरीतको कुनै पनि कार्य नगर्नु नगराउन भनी मुलुकी देवानी संहिता २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयुक्त आदेश जारी गरिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनू ।’

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ५६ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ