दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कोशी सरकार गठन विवादको सुनुवाइ हेर्दाहेर्दैमा, भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री, भ्रष्टाचार न्यूनीकरण अभियानमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : महामन्त्री थापा, अख्तियारद्वारा सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल यादवसहित तीन जनाविरुद्ध मुद्दा दायर, सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयानलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी सरकार गठन विवादको सुनुवाइ हेर्दाहेर्दैमा

सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको पूर्ण इजलासमा आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । भोलि सार्वजनिक बिदा परेकाले थप बहस पर्सी बिहीबारबाट मात्र सुरु हुने बताइएको छ ।

भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् ।

आज दिउँसो गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) द्वारा ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले ब्रिटिस सेनामा भर्ती भएकामध्ये गोर्खालीको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे–जस्तो विभेद विद्यमान छ, त्यो गेसोकोमात्र नभएर सिङ्गो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताएका हुन् ।

भ्रष्टाचार न्यूनीकरण अभियानमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्ण रूपमा समर्थन रहेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताए ।

अख्तियारद्वारा सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल यादवसहित तीन जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनले अराजक अभिव्यक्ति दिए, यसरी देश चल्दैन : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अराजक अभिव्यक्ति दिएको बताएका छन् ।

मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनको अराजक अभिव्यक्तिले देश चल्न नसक्ने बताए ।

सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग बयान

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

उनले महाराजगञ्जस्थित ब्युरो पुगेर उनले बयान दिएका हुन् । सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको सीआईबीले यस प्रकरणमा संलग्नसँग दिपेशको सम्पर्क देखिएकाले बयान लिएको हो ।

बागमती प्रदेशमा कांग्रेसका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज बिहान भेटेर राजीनामा बुझाएका हुन् ।

काफ्लेलाई प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त गरेको थियो । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका काफ्ले प्रदेशसभा सदस्यमा दोलखाको प्रदेशसभामा क्षेत्र नं १ को (१) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ५८ बजे

बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाइ

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी

युरोकप : क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको क्वार्टरफाइनल (अन्तिम ८) समीकरण पूरा

कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन्