सिरियामा भएको हवाई आक्रमणमा २३ सर्वसाधारण मारिए « Khabarhub

सिरियामा भएको हवाई आक्रमणमा २३ सर्वसाधारण मारिए


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियाको विद्रोही नियन्त्रित इडलिब प्रान्तमा गराइएको हवाई आक्रमणमा कम्तीमा २३ सर्वसाधारण मारिएका छन् ।

इडलिब प्रान्तको मरात अल नुमान शहरमा गरेको हवाई आक्रमणमा उनीहरु मारिएको सिरियाली गृहयुद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

इडलिबमा सक्रिय सिरियाली विद्रोही समूहले उक्त आक्रमणमा रुसी वा सिरियाली वायुसेनाको हात रहेको आरोप लगाएका छन् ।

हवाई आक्रमणका क्रममा विभिन्न भवनमा क्षति पुगेको र ठूलो विनाश निम्त्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाली सेनाले इडलिब प्रान्तमा सैनिक कारवाही गर्न लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला पछिल्लो हवाई आक्रमण भएको हो ।

यता रुसले भने इडलिब प्रान्तमा आफ्ना वायुसेनाको कुनै हवाई आक्रमण नगरेको दाबी गरेको छ । रुसको रक्षामन्त्रालयले इडलिब प्रान्तमा कुनै पनि हवाई आक्रमणमा रुसी वायुसेनाको कुनै संलग्नता नरहेको जनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ०८ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’