भारतको चन्द्रयान–३ मिसन पूरा, प्रज्ञान रोभर ‘स्लिपिङ मोड’मा « Khabarhub

भारतको चन्द्रयान–३ मिसन पूरा, प्रज्ञान रोभर ‘स्लिपिङ मोड’मा


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चन्द्रयान अभियान–३ अन्तर्गत काम गरिरहेको रोभरले आफ्नो असाइनमेन्ट (काम) पूरा गरेको छ । रोभर अहिले स्लीपिङ मोडमा गएको छ ।

भारतीय रक्षा अनुसन्धान सङ्गठन ९इसरो० ले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा यसबारे जानकारी दिँदै भनेको छ, ‘चन्द्रयान–३ अन्तरिक्षयानको रोभर प्रज्ञान ‘स्लिप मोड’ मा गएको छ । तर यसको ब्याट्री चार्ज छ र रिसिभर अन छ ।’

इसरोले लेखेको छ, ‘आशा छ कि प्रज्ञान रोभर कुनै अन्य असाइमेन्टका लागि जागा हुनेछ । यो रोभर त्यहाँ भारतको चन्द्र राजदूतको रूपमा सधैँ रहिरहनेछ ।’

प्रज्ञान चन्द्रमाको सतहमा १०० मिटरसम्म हिँड्यो । यसले सल्फर, फलाम, अक्सिजन र अन्य तत्त्वहरूको उपस्थिति पुष्टि गरेको छ ।

चन्द्रयान–३ मिसनको सफलतासँगै भारत, अमेरिका र पूर्व सोभियत सङ्घसँगै चन्द्रमाको सतहमा अवतरण गरेका देशहरूको क्लबमा सामेल भएको छ ।तर, चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल हुने पहिलो देश भारत हो । यसअघि रुसको चन्द्रमा मिसन दुर्घटनाग्रस्त भएको थियो ।

स्रोतः एनआई

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : १७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने