किन झुन्ड्याइन्छ पसलमा कागती र खुर्सानीको माला ? « Khabarhub

किन झुन्ड्याइन्छ पसलमा कागती र खुर्सानीको माला ?


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

मानिसहरूले आफ्नो पसल छिर्ने गेटमा वा ढोकामाथि कागती र खुर्सानीको माला झुन्ड्याउने गर्छन् । तर किन झुन्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहीको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण धेरैलाई थाहा नहुन सक्छ । 

कतिपयले यसलाई व्यापार व्यवसाय बढाउन र बाहिरी नकारात्मक ऊर्जा पसलमा नआओस् भनेर राख्ने गरेको पनि बताउँछन् । तपाईँले पनि अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुन्डाएको देख्नु भएको होला । आखिर किन राखिन्छ त पसल अगाडि कागती र खुर्सानी ? आज हामी यसैका विषयमा बताउने छौँ । 

वास्तु दोष हटाउनका लागि कागती र खुर्सानी घरमा वा पसलमा लगाउने गरिन्छ । कसैको घरमा वा वरिपरि कागतीको रूख छ भने त्यहाँको वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । त्यस कारण कागतीमा धागो उन्दा कागतीबाट निस्किएको रसबाट लामो समयसम्म सुगन्ध निस्कने भएकोले वातावरणमा प्रभाव पार्ने गर्दछ । 

वा कागतीको अमिलोले हावालाई सफा बनाउँछ । कागतीको वासनाले मानिसको भावनालाई स्वच्छ राख्न मद्दत गर्छ यसका साथै घर वरिपरि भएका हानिकारक किराहरूलाई पनि भगाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ ।   

कागतीले हाम्रो मूड  फ्रेश गराउँछ । खुर्सानीको रागले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् । एउटा कागती र सात वटा खुर्सानीलाई धागोमा उनेर आफ्नो ढोकामा झुन्ड्याउनु पर्दछ र प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । यसो गर्दा आफ्नो छर तथा पसलमा भविष्यमा हुन सक्ने दुर्घटना तथा क्षतिलाई टार्न सकिने विश्वास राखिन्छ ।

कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ ।  

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ४७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने