बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर « Khabarhub

बालबालिकाको ‘राधाकृष्ण ’ बन्ने रहर


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यस वर्ष पनि रहर गरिन् । परिवारका सदस्यसँग पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार जाँदै गर्दा पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताए ।

‘‘सानी हुँदा हामीले रहर गर्‍यौँ, अहिले ठूली भएपछि छोरीले रहर गर्न थालेकी छिन्’’, पाण्डेको भनाइ छ, ‘‘अब ठूली भइन, यसपटक हाम्रो रहर थिएन, तर छोरीले जिद्दी गरेपछि कपडा किन्नुपर्‍यो ।’’

टीकापुरकी सिर्जना थापाका दुई छोराछोरीले पनि आज राधाकृष्ण बन्नका लागि मंगबलबार पोसाक किनिसकेका छन् । सिर्जनाका छोराछोरी पनि जन्माष्टमीमा राधा कृष्णको पोसाक लगाउने, बालगोपालले गर्ने क्रियाकलाप गरेर घरमा रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय विद्यालयमा पनि जन्माष्टमीको अवसरमा साना बालबालिकालाई बालगोलाप तथा राधाको पोसाक लगाएर संस्कृति तथा परम्परा चिनाउने गरिन्छ ।

बालबालिकालाई भगवान कृष्णको जीवनी पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप गरेर रमाइलो गर्ने चलन रहेको शिक्षक पूर्ण विक बताउँछन् । ‘‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम, मट्का फोड कार्यक्रम गर्ने गरिन्छ’’, उनी भन्छन्, ‘‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।’’

सनातन संस्कृति प्रतिष्ठान नेपाल टीकापुरका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले बालगोपालका आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइएको बताए । ‘‘बाललीला, दही चोर लीला अनुकरण गर्ने र आस्था प्रकट गरिन्छ, भगवान कृष्णको लीलालाई दोहो¥याएर बालबालिकाले कृष्ण, राधा बन्ने, सामूहिक रुपमा मट्का फोड्ने काम गरेको पाइन्छ’’, उनले भने, ‘‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’’ उनका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् । ‘‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वको स्वरुप विकृत गर्नुहुँदैन’’, उनले भने, ‘‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ । पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ ।’’

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ३ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक