नेपाल र म्यानमारबीचको खेल बराबरीमा  | Khabarhub Khabarhub

नेपाल र म्यानमारबीचको खेल बराबरीमा 


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ। याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन।

खेलको अधिकांश समय म्यानमार नेपालमाथि हाबी रहे पनि गोल गर्न सकेन। यसै खेलबाट नेपालका लागि जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले डेब्यु गरेका छन्। आर्मीका जिलेप्सीले सुरुआती ११ मै परेका थिए।

जावलाखेलका हिसुबुले सबस्टिटच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले अञ्जन विष्टलाई सबस्टिटच्युट गरेका थिए। लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसियाकप छनोटको तयारीका क्रममा नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो। 

अब दोस्रो खेल सोमबार हुनेछ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ५२ बजे

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको