डाक्टर राजु अधिकारीलाई कतारमा सम्मान « Khabarhub

डाक्टर राजु अधिकारीलाई कतारमा सम्मान


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

दोहा– योग एवं आयुर्वेद विशेषज्ञ तथा उत्प्रेरक डा. राजु अधिकारीलाई सङ्खुवासभा समाज कतारले सम्मान गरेको छ ।

नेपाली रक्तदाता संघ, कतारको आयोजनामा भएको मानवीय र परोपकारी कोषको श्रीवृद्धि सहयोगार्थ ‘जीवन सुख : निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रमका लागि कतार पुगेका डा. अधिकारीलाई सम्मान गरिएको हो ।

डा. अधिकारीले नेपालका लागि गरेको योगदानको उच्च मूल्यांकन गर्दै सङ्खुवासभा समाज कतार र लाली गुराँस रेस्टुरेन्टले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रम सङ्खुवासभा समाज कतारका अध्यक्ष राजेन्द्र खनाल, समाजका प्रमुख सल्लाहकार निरन नेपाल, लाली गुराँस रेस्टुरेन्ट सञ्चालक पर्शुराम दाहाल, रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्री, रक्तदाता संघका प्रमुख सल्लाहकार तथा आईसीसी सदस्य तेज कटवाल, आईसीसी सदस्य तथा कोशी प्रदेश समन्वय परिषदका उपाध्यक्ष दुर्गा प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण संस्थाका महासचिव पदम प्रसाद सिम्खडाले गरेका थिए । शुक्रबार नै डा. अधिकारीले नेपाली रक्तदाता संघ कतारले आयोजना गरेको कार्यक्रममा आनन्दमय जीवनपद्धतिका आधारका रुपमा रहेका तनाव व्यवस्थापन, जीवनशैली, स्वस्थ आहार लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

‘रक्तदान जीवनदान’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै ‘स्वस्थ रगत संकलन’ कार्यमा सहयोग पुर्‍याउने अभिप्रायले स्थापना भएको नेपाली रक्तदाता संघ, कतारले मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ उक्त कार्यक्रम गरिएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ८ : ३३ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले