होटलमा यौनधन्दा गर्ने १० पक्राउ | Khabarhub Khabarhub

होटलमा यौनधन्दा गर्ने १० पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ ।

सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको थियो । पक्राउ परेकाहरु विरुद्ध कानूनबमोजिम आवश्यक कारवाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।

यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न होटलबाट यस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । तर पक्राउ परेलगत्तै छुट्ने हुँदा यस्ता गतिविधि नियन्त्रण नभएको सरोकार भएकाहरु बताउँछन् । विशेषगरी जिल्लाको सुनवल, भूमही, बर्दघाटलगायतका स्थानमा सञ्चालनमा रहेका होटलमा यस्तो धन्दा बढेको बताइएको छ । सदरमुकाम परासीमा पनि केही होटलमा अवैधरूपमा यस्ता गतिविधि हुने गरेको स्थानीयवासी बताउँछन् ।

धेरै होटलले काम गर्न भनेर राख्ने तर यौनधन्दा गर्न बाध्य पार्ने गरेका छन् भने कतिपय युवती बढी पैसाको प्रलोभनमा परेर यस्तो धन्दामा फस्ने गरेको प्रहरीको अनुसन्धानले बताएको छ । प्रहरीले यस्ता क्रियाकलाप निस्तेज पार्न सक्रियताका साथ लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ३० बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक