काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको सेनाद्वारा जानकारी « Khabarhub

काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको सेनाद्वारा जानकारी


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको छ ।

सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म द्रुत मार्गको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो ।

त्यस्तै, आयोजनाको समष्टिगत वितीय प्रगति मोबिलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाइ ६ दशमलव ४१५ मिलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।

त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात खरिद प्रक्रिया सुरु गर्ने तयारी अवस्थामा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।

त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : १३ बजे

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा

शैक्षिक परामर्श व्यवसाय व्यवस्थित बनाउन नयाँ नियमावली तत्काल जारी गर्नुपर्नेमा जोड

काठमाडौं- शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रस्तावित