भिसिटिएसको विरोधमा व्यवसायीबाट हेटौंडा बजार बन्द | Khabarhub Khabarhub

भिसिटिएसको विरोधमा व्यवसायीबाट हेटौंडा बजार बन्द


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा व्यवसायीले आज हेटौँडा बजार बन्द गरेका छन् ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा संघको आह्वानमा आज बजार बन्द भएको हो ।

संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको भेलाले सरकारको निर्णय सच्याउन दबाब स्वरुप बजार बन्दको आव्हान गरेको हो ।

सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रुपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको संघको भनाई छ ।

बजार बन्द गर्न व्यवसायीहरुले बिहान र्‍याली समेत निकालेका थिए । संघमा आबद्ध विभिन्न वस्तुगत समितिले समेत बन्दको समर्थन गरेका छन् ।

आकस्मिक रुपमा बजार बन्द हुँदा किनमेलका लागि आएका उपभोक्ताहरु भने मारमा परेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  २ : ०५ बजे

एमालेनिकट अखिल अध्यक्ष कडरियाद्वारा पद त्यागको घोषणा 

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

ओलीको विकल्प देउवा होइनन्, गठबन्धनको औचित्यमा प्रश्न उठ्यो

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी पुस्ताले प्रतिक्रियास्वरूप भ्रष्टाचारको

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिएका छन् ।

पोखरा महानगरपालिका कार्यालयमा आगजनी

काठमाडौं– प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । जेनजी

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन्