फाइनल पुग्न श्रीलंकालाई पाकिस्तानका बलियो लक्ष्य « Khabarhub

फाइनल पुग्न श्रीलंकालाई पाकिस्तानका बलियो लक्ष्य


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसिया कपको सुपर फोर खेलमा पाकिस्तानले श्रीलंकालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४२ ओभरमा छोट्याईएको खेलमा पाकिस्तानले ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले ।

रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए । शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । यस्तै ईफ्तिखार अहमदले ४३ रन, कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए ।

श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए । यस खेल जित्ने टोलीले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ९ : ४९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु