चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बीआरआईबारे कुरा राख्नुपर्छ : एमाले नेता पन्त | Khabarhub Khabarhub

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बीआरआईबारे कुरा राख्नुपर्छ : एमाले नेता पन्त


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमतिअनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन् । त्यस्तै, भारतमा मात्रैबिजुली बेच्दा नेपाललाई दबाबमा राख्न सक्ने भएकाले चीनमा पनि बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने उनले बताए । उनले चीनबाट नेपालमा आउन तीन–चार वटा नाकालाई सहज रुपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, नेकपा कांग्रेस नेता रामहरि खतिवडाले दुवै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए । उनले भारतसँग खुल्ला सीमा, रितिरिवाज समान भएपनि चीनसँग पनि समान व्यवहारका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताए । उनले क्रसबोर्डर कनेन्टिभिटी, व्यापार पारावाहनका क्षेत्रमा चीनसँग महत्वपूर्ण समझदारी बन्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा र त्यसपछि चीनको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : २१ बजे

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि