समृद्ध हिन्दू अधिराज्य स्थापनाका लागि दबाब दिन भन्दै राप्रपा नेपालको प्रदर्शन « Khabarhub

समृद्ध हिन्दू अधिराज्य स्थापनाका लागि दबाब दिन भन्दै राप्रपा नेपालको प्रदर्शन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समृद्ध हिन्दू अधिराज्य स्थापनाका लागि दबाब दिन भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

संवैधानिक राजतन्त्रको पुनःस्थापना, हिन्दू राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंको भद्रकालीदेखि भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।

संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । राप्रपाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था कायम भएकाले त्यसको अन्त्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका हाल कायम रहेको व्यवस्थाले भ्रष्टाचार मौलाएकाले यसको अन्त्य हुनुपर्ने बताए । उनले गौहत्याको अन्त्य र सुशासन स्थापनाका लागि जनआन्दोलनको घोषणा गरेको र त्यसै सिलसिलामा विरोध र्‍यालीको आयोजना गरिएको जिकिर गरे ।

प्रदर्शनमा सहभागीहरुले हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर, राजसंस्था पुनस्थापना गरलगायतका नारा लगाएका थिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : २७ बजे

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन