वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढ्यो : सम्मानित नेता खनाल « Khabarhub

वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढ्यो : सम्मानित नेता खनाल


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढिरहेको बताएका छन् ।

समाजवादी सहकारी संगठन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले सरकारको नीति तथा कार्यक्रममा भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औधोगिकरणका बिषय समेट्न नसकको र पुँजीवादको यथास्थितिवादको बाटोमा हिडिराखेकाले जनतामा आक्रोश उत्पन्न भएको बताएका हुन् ।

देशको नेतृत्व दिशाहिन बन्दै गएकाले विकृति पैदा भएको उनले बताए । खनालले पहिलेदेखि स्थापित पार्टीले काम नगरेका कारण जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरुप्रति केन्द्रीत भएको जिकिर गरे ।

अहिलेको समस्या समाधान गर्न समाजवादको यात्रा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने उनले बताए । खनालले समाजवादी व्यवस्था नभएसम्म मुलुकको आर्थिक उन्नती हुन नसक्ने धारणा राखे ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : ३४ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा