साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो « Khabarhub

साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर १९ सय ४२ दशमलव ६८ पुगेर एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो ।

उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ शेयर कारोबार भएको थियो ।

त्यस्तै कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा पुगेको थियो ।

यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो ।

साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो ।

यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो ।

यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो ।

बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १२ : ०० बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण