गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ « Khabarhub

गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका पाँगा क्षेत्रमा डेराका कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका–७ घर भई हाल कीर्तिपुरको पाँगा बस्ने २० वर्षीय मिलन थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पाँगा क्षेत्रमा कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा विशेष प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापाको साथबाट एनसेलको सिमकार्ड तीन हजार सात सय थान, विभिन्न कम्पनीका ल्यापटप २३ थान, विभिन्न व्यक्तिका नागरिकता २७ थान, मतदाता परिचयपत्र थान एक तथा राहदानी एक थानसहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : १६ बजे

ओलीले भने : यी दुई कारणले फागुन २१ मेरा लागि जीवनकै नबिर्सिने दिन

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा बिहीबार नेकपा एमालेका अध्यक्ष तथा झापा

मन्त्री चौलागाईंले गरे मतदान

काठमाडौं– वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा