गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ | Khabarhub Khabarhub

गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने पक्राउ


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका पाँगा क्षेत्रमा डेराका कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका–७ घर भई हाल कीर्तिपुरको पाँगा बस्ने २० वर्षीय मिलन थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पाँगा क्षेत्रमा कोठाबाट गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा विशेष प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापाको साथबाट एनसेलको सिमकार्ड तीन हजार सात सय थान, विभिन्न कम्पनीका ल्यापटप २३ थान, विभिन्न व्यक्तिका नागरिकता २७ थान, मतदाता परिचयपत्र थान एक तथा राहदानी एक थानसहित पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : १६ बजे

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै