पाकिस्तानमा ६ फुटबल खेलाडी अपहरित « Khabarhub

पाकिस्तानमा ६ फुटबल खेलाडी अपहरित


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ जना फुटबल खेलाडीको अपहरण भएको छ । बलुचिस्तान प्रान्तको डेरा बुग्ती क्षेत्रमा ६ जना फुटबल खेलाडी अपहरणमा परेका हुन् ।

सिबी क्षेत्रमा आयोजना हुन लागेको एक प्रतियोगितामा सहभागी हुनका लागि त्यसतर्फ जाने क्रममा उनीहरु अपहरणमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

उनीहरुलाई अज्ञात हतियारधारीको समूहले डेरा बुग्ती जिल्लाको कच्छी नहर क्षेत्रबाट अपहरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि २४ खेलाडी सिबीतर्फ जान लागेको बेलामा हतियारधारी गिरोहले उनीहरु चढेको गाडी रोकेर अपहरण गरेका थिए । अपहरणकारीले पछि १८ जनालाई छाडेको र बाँकी ६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पाकिस्तानका अन्तरिम आन्तरिक मामिलामन्त्री सर्फराज बुग्ती र बलुचिस्तान प्रान्तका गृहमन्त्री जुबैर अहमदले अपहरणमा परेका खेलाडीको खोजी गरी तत्काल रिहा गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : ०२ बजे

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारी पक्राउ

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका

लाप्राकबाट उदाएका ‘युक्त’: शिखरहरू जित्दै इतिहास लेखे, हिमालकै काखमा सधैँलाई अस्ताए

काठमाडौं- गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको एउटा सपना अन्ततः

मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)

सिराहा– प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा  दुःख