प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने « Khabarhub

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भारतको विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।

तालिकाअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन् । सोही दिन साँझ ६ बजे होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। राजघाटको कार्यक्रमलगत्तै हैदरावाद हाउसमा शाह र मोदीबीच द्विपक्षीय वार्ता हुनेछ।

वार्तापछि सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । सोही अवसरमा सम्पर्क सञ्जाल तथा ऊर्जा सहकार्यसम्बन्धी सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ ।

भ्रमणका क्रममा आयोजित ‘नेपाल–इन्डिया बिजनेस फोरम’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा भारतीय लगानी आकर्षित गर्न सरकारले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे भारतीय व्यवसायी समुदायलाई जानकारी गराउनेछन् ।

राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ५३ बजे

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री 

विराटनगर- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र